अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

विश्वभर कोरोना भाइरसबाट ८२ हजार भन्दा बढीको मृत्यु, १४ लाख ३१ हजार ६ सय संक्रमित

बिआरटीनेपाल २०७६ चैत २५ गते ८:११ मा प्रकाशित

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ । बुधवार विहानसम्म संक्रमणका कारण ८२ हजार ७४ जनाको ज्यान गएको छ । विश्वभर अहिलेसम्म १४ लाख ३१ हजार ६ सय ९१ जना संक्रमित भएका छन् भने ३ लाख २ हजार १ सय ५० जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण सवैभन्दा बढी इटालीमा १७ हजार १ सय २७ जनाको मृत्यु भएको छ १ लाख ३५ हजार ५ सय ८६ जना संक्रमित भएका छन् । स्पेनमा १४ हजार ४५ जनाको ज्यान जाँदा १ लाख ४१ हजार ९ सय ८२ जनामा संक्रमण देखिएको छ । संयुक्त राज्य अमेरिकामा १२ हजार ८ सय ५४ जनाको ज्यान गएको छ । त्यहाँ ४ लाख ४ सय १२ जनामा संक्रमण भेटिएको छ ।

फ्रान्समा १० हजार ३ सय २८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख ९ हजार ६९ जनामा संक्रमण फेला परेको छ । बेलायतमा ६ हजार १ सय ५९ जनाको ज्यान गएको छ र ५५ हजार २ सय ४२ जनामा संक्रमण देखिएको छ । इरानमा ३ हजार ८ सय ७२ र चीनमा ३ हजार ३ सय ३२ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा २ हजार १६ र बेल्जियममा २ हजार ३५ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी १ सय ६० जनाको ज्यान गएको छ भने ५ हजार ३ सय ५१ जानमा संक्रमण देखिएको छ । पाकिस्तानमा ५७ जनाका ज्यान जाँदा ४ हजार ३५ जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा १७, अफगानिस्तानमा १४, श्रीलंकामा ५ जनाको ज्यान गएको छ । तर, माल्दिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय