अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७६ चैत २५ गते ८:०६ मा प्रकाशित

सरकारले आगामी वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समिति बैठकले सो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले जानकारी दिनुभयो ।

आगामी वैशाख १८ गतेसम्म अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको र आन्तरिक उडानबारे के गर्ने भन्ने बिषयमा छलफल चलिरहेको उहाको भनाई छ । यसअघि बैठकले आगामी वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय