अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

कोरोना नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारद्वारा १ करोड ४५ लाख बजेट निकासा

बिआरटीनेपाल २०७६ चैत २५ गते ८:०३ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि एक करोड ४५ लाख बजेट निकासा गरेको छ ।बैठकले मनाङ र मुस्ताङलाई पाँच लाखका दरले र अन्य नौ जिल्लाका जिल्ला प्रशासनलाई १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै सुरक्षा संयन्त्र परिचालन, अनुगमन, मसलन्द र गाडी मर्मतका लागि ११ वटै जिल्ला प्रशासनलाई बजेट निकासाको निर्णय भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय