अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

संघीय संसदको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य

बिआरटीनेपाल २०७६ चैत २४ गते २२:१५ मा प्रकाशित

संघीय संसदको पाँचौं (हिउँदे) अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यसम्बन्धी पत्र पठाएपछि संसद् सचिवालयले हिजो सूचना टाँसेर अधिवेशन अन्त्य भएको घोषणा गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । पुस चार गतेबाट सुरु भएको अधिवेशन एक सय १० दिन चलेको थियो । यो अवधिमा दुबै सदनबाट जम्मा चारवटा विधेयक पारित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय