अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१९
| Colorodo: 14:34
नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त हुनुभएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । उहाँ लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।
यसअघि अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भटराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटासहितको तीन सदस्यीय टोलीले तीन जनाको नाम सिफारिस गरेको थियो ।
