अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

सरकारलाई कांग्रेसको पाँच बुँदे अनुरोध, “कोरोना भाइरसको ब्यापक परिक्षण गरौँ”

बिआरटीनेपाल २०७६ चैत २२ गते ७:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि ब्यापक परिक्षण थाल्न सरकारलाई अनुरोध गरेको छ। नेपाल भित्रै रहेका नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कांग्रेसलाई सरकारलाई गम्भिर भएर परिक्षण थाल्न आग्रह गरेको हो।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्माद्धारा शनिबार जारी विज्ञप्तीमा सरकारलाई पाँच बुँदे सुझाव दिइएको छ। उसले कोरोना भाइरस संक्रमितका परिवारजन, छरछिमेकी र घुलमिल भएका सबैको परिक्षण गर्न आग्रह गरेको छ।

यसैगरि विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र त्यसलाई कडाई गर्न पनि कांग्रेसले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय