अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 22:07

अमेरिकाले २ लाख मास्क ‘चोरी’ गरेको जर्मनीको आरोप

बिआरटीनेपाल २०७६ चैत २१ गते २३:४६ मा प्रकाशित

जर्मनीले अमेरिकालाई २ लाख भन्दा बढी मास्क ‘चोरी’ गरेको आरोप लगाएको छ । जर्मनीका लागि निकासा भएको मास्क अमेरिकाले आफ्नो प्रयोजनका लागि फिर्ता गरेको आरोप लागेको हो । जर्मनीले यसलाई ‘आधुनिक चोरी’ को संज्ञा दिँदै निन्दा समेत गरेको छ ।

अमेरिकामा निर्माण भएको मास्क लिएर आएको पानीजहाज बैंककमा कब्जामा लिइएको बर्लिन स्थानीय सरकारले बताएको छ। बर्लिन प्रहरीले मगाएको एफएफपी २ मास्क तोकिएको मिति स्थानमा आइ नपुगेको र सो मास्क अमेरिकाले जफत गरी आफ्नो प्रयोजनका लागि फिर्ता लगेको आरोप छ।

बैंककबाट मास्कसहितको पानी जहाज पुनः अमेरिकातिरै फर्काएको हुन सक्ने बर्लिनका आन्तरिक मामिला मन्त्री आन्द्रेस गैसेलले बताउनुभएको छ ।ती मास्क अमेरिकाको ३– एम कम्पनीले निर्माण गरेको हो । सो कम्पनीलाई मास्क विदेश निर्यात नगर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू