अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

कोभिड १९ संक्रमित दुइ जनाको रिपोर्ट दोस्रो पटक पनि पोजेटिभ

बिआरटीनेपाल २०७६ चैत २० गते ७:४० मा प्रकाशित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको गत मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । तर रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताएका छन् । चैत चार गत फ्रान्सबाट कतारको दोहा हुँदै आएका १९ वर्षका युवतीमा चैत १० गते र चैत ६ गते यूएईबाट नेपाल आएका धादिङका ३४ वर्षका युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले दिएको जानकारी अनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय