अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

नेपालमा थप एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ६ पुग्यो

बिआरटीनेपाल २०७६ चैत २० गते ६:१५ मा प्रकाशित

मुलुकमा फेरि अर्को व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएको छ । कतारको दोहाबाट नेपाल आएकी महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार ती महिला  चैत ४ गते दोहाबाट नेपाल आएकी हुन् । उनी कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता. डा विकास देवकोटाले जानकारी दिनुभएको छ ।

प्रवक्ता देवकोटाले ती महिला पनि बाग्लुङकै ६५ वर्षकी वृद्धा भएको बताउनु भयो । यसअघि पनि दोहाबाट आएकी बाग्लुङकी युवतीमा कोरोना संक्रमण भेटिएको थियो । यो सहित कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ । संक्रमित मध्ये २ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार मुलुकमा अहिलेसम्म १ हजार १ सय ८४ जनामा कोरोना परीक्षण भएको छ । त्यसमध्ये ६ जनामा संक्रमण भेटिएको हो । काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणका लागि लिएको डा. देवकोटाको भनाई छ ।

डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको एप्समा ४ हजार १ सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र तीमध्ये १७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय