अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

’लकडाउन’ उल्लङ्घन – ५ सय जना भन्दा बढी पक्राउ

बिआरटीनेपाल २०७६ चैत १९ गते २२:४२ मा प्रकाशित

मुलुकमा जारी लकडाउन उल्लङ्घन गर्ने ५ सय भन्दा बढीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ । यो समाचार तयार पार्दासम्म देशका विभिन्न ठाउँबाट उल्लंघनकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक काम नपरि घरबाहिर निस्किएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अब सोधपुछ गरेर अति आवश्यक कामका लागि हिँडेको भए छाडिने नत्र केहीबेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ ।

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ ।

यस्तै खाद्य लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने निकाय र सङ्घ संस्थाका गाडीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पास वितरण हुनेछ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका गाडीका लागि नेपाल राष्ट्र बैंक र राष्ट्र सेवक कर्मचारीले प्रयोग गर्ने गाडीका लागि सम्बन्धित मन्त्रालयबाट सवारी पास लिन सकिनेछ । अरु आकस्मिक प्रयोजनका लागि भने जिल्ला प्रशासन कार्यालयले नै सवारी पास उपलब्ध गराउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय