अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति कोरोना भाइरसः संयुक्त राष्ट्रसंघ

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:२६ मा प्रकाशित

कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताउनुभएको छ । कोरोना भाइरसको हालको महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी पनि उहाँले दिनुभयो ।

महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभाव सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा गुट्रेसले यस्तो बताउनुभएको हो । न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बोल्दै महासचिव गुट्रेसले कोरोना भाइरसको महामारीले समुदायको केन्द्रमा हिर्काएको उल्लेख गर्दै यसले जीवन र जीविका माथि नै प्रहार गरेको बताउनुभयो । महामारी अन्त्यका लागि तत्काल सहकार्यको खाँचो रहेको उहाको भनाई छ ।

महासचिव गुट्रेसले औद्योगिक धनी राष्ट्रलाई कोरोना भाइरसविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव दिनुभएको छ । महामारीका कारण विश्वभर दुई करोड ५० लाख भन्दा बढी मानिसको रोजगारी खोसिने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।

Antonio Guterres

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय