अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१
| Colorodo: 05:46
अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अमेरिकी सरकारका एक विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा उक्त भाइरसको संक्रमण हुनसक्ने चेतावनी दिएका हुन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलमा रहेका सरुवा रोगविज्ञ डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको संख्या एकदेखि दुई लाख हुनसक्ने’ बताएको सीएनएनले जनाएको छ । यो संख्यामा मृत्यु हुन संक्रमणको अवस्था तीव्र हुनुपर्ने उहाँको भनाइ छ ।
डाक्टर फाउचीले न्यूयोर्कले गम्भीर समस्या झेलिसकिएको, न्यूअर्लेन्स गम्भीर समस्यामा रहेको र अरु ठाउँमा पनि गम्भीर समस्या विकसित हुने अवस्था रहेको बताउनुभयो ।