अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१
| Colorodo: 04:56
कोरोना भाइरसको आंशकामा बुटवल कोरोना विशेष अस्पतालको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको जस्तै लक्षण देखा परेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा क्वारेन्टाइनमा बसेका एक ३४ वर्षीय व्यक्तिको आइतबार मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीको सैनामैना– ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई शंकास्पद लक्षण देखा परेपछि १३ गते क्वारेन्टाइनमा राखिएकोे थियो । उनको स्वाव परीक्षणका लागि आजै मात्र काठमाडौँ पठाइएको थियो । मृत्यु के कारणले भएको हो, पुष्टि हुन सकेको छैन । कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र यसबारे विस्तृतमा थाहा हुने बताइएको छ ।
