अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

देशभर बदली, कतिपय क्षेत्रमा वर्षाको सम्भावना

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:३६ मा प्रकाशित

देशको पश्चिमी भूभागमा शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक देखि सामान्य बदल रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पश्चिमी भूभागका केही स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । देशको पश्चिमि र मध्य भूभागमा शुक्रबार रातिको मौसममा पनि सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ।

हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय