अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८
| Colorodo: 18:13
अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार अहिलेसम्मकै उच्च भएको छ। अमेरिकाका विभिन्न राज्यमा गरेर बुधबार एकै दिन दुई सयजना भन्दा बढीको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा २४७ जनाको ज्यान गएसँगै अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।
हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण एक हजार २७ जनाको मृत्यु भएको छ । अहिले संक्रमण दर पनि अरु देशमा भन्दा अमेरिकामा बढी छ । पछिल्लो २४ घण्टामा थप १३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६८ हजार २०३ पुगेको छ ।