अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४
| Colorodo: 09:09
अधिकारीहरुले अमेरिकामा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको क्वारेन्टाईन १२ हप्तासम्म लम्बिन सक्ने बताएका छन् । अमेरिकी वित्त सचिव स्टिभ मकिनले कोरोनाको प्रकोप १० देखि १२ हप्तासम्म जारी रहने सक्ने संभावना औंल्याउदै ८० मिलियन अमेरिकीहरु आगामी मार्च सम्म क्वारेन्टाईनमै रहनुपर्ने बताएका हुन् ।
फक्स न्युजसितको कुराकानीमा मकिनले भाईरस संक्रमणको दर अझै बढ्न सक्ने उल्लेख गर्दै घरमै बस्न र सुरक्षाको पूर्ण सुनिश्चितता नहुँदासम्म बाहिर ननिस्कन नागरिकहरुलाई अपील गरेका छन् ।
अमेरिकामा कोरोना भाईरसको संक्रमण बढिरहँदा न्युयोर्क, क्यालिफोर्निया लगायतका स्थानमा लकडाउन गरिसकिएको छ । मानिसहरुले अन्य राज्यमा पनि लकडाउन गर्न संघीय सरकारलाई आग्रह गर्दै आएका छन् ।