अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६
| Colorodo: 05:41
सरकारले कोरोना भाइरस परीक्षणको दायरा बढाउँदै ६० बर्ष माथिका व्यक्तिमा ज्वरो र खोकी देखिएमा कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष माथिका व्यक्तिलाई ज्वरो वा रुघाखोकी देखिएपछि यसलाई सम्भावित लक्षण मानेर कोरोना भाइरसको परीक्षण गर्ने बताएको हो।
सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले श्वासप्रश्वासका बिरामी, दीर्घरोगीहरु र स्वस्थ्यकर्मीमा समेत ज्वरो, रुघाखोकी देखिने बित्तिकै उनीहरुको अनिवार्य रुपमा भाइरस परीक्षण गरिने बताउनुभयो ।
अहिलेसम्म विदेशबाट आएका वा उनीहरुको सम्र्पकमा आएका व्यक्तिमा सम्भावित लक्षण देखा परेपछि उनीहरुको नमुना परीक्षण गरिदै आईएको थियो। सोमबारसम्म नेपालमा ६ सय १० जनाको नमुना परीक्षण गरिएको छ। जसमध्ये दुई जना संक्रमित भएको पुष्टि भइसकेको छ।
