अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२
| Colorodo: 23:17
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र श्रम मन्त्री रामेश्वर राय यादवले खाडी र अफ्रिकी मुलुकमा रहेका नेपाली राजदूतहरूसँग भिडिओ कन्फरेन्स गर्नुभएको छ । सोमबार दिउँसो मन्त्रीद्वयले सम्बन्धित देशमा रहेका नेपालीहरूको अवस्थाबारे नेपाली राजदूत र नियोग प्रमुखसँग छलफल गर्नुभएको हो ।
हालसम्म बहराइनमा ३ र युएईमा २ जना नेपाली कोरोना भाइरसबाट संक्रमित छन्। कन्फरेन्सका क्रममा राजदूतावासहरूलाई सम्बन्धित सरकार, रोजगारदाताहरू र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन, आवश्यक सबै सहयोग पुर्याउन र स्थितिको आंकलन गर्न निर्देशन दिइएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
