अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट भागे

बिआरटीनेपाल २०७६ चैत १० गते ८:३१ मा प्रकाशित

भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्वारेन्टाइनबाट भागेका छन् । जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्नुपर्ने भनेर आन्दोलन गरिरहेका उनीहरु अन्ततः भागेका हुन् ।

निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट भागेको बताईएको छ । बिहान १० भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगि राखिएको थियो। क्वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०/३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए।

क्वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट भागेको जानकारी दिनुभयो । भाग्ने संख्या ५ सय ४० जति रहेको बताईएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख कुमारबहादुर खड्काले भने भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट नभागेको बताउनुहुन्छ । क्वारेन्टाइनमा राखेका नेपाली रेकर्डमा रहेको उहाको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय