अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधनमा रोक

बिआरटीनेपाल २०७६ चैत १० गते ८:२१ मा प्रकाशित

आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधनमा रोक लागेको छ । गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै चैत १० देखि लामो दुरीका यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गर्नुभएको थियो ।

यातायात व्यवस्था विभागले लामो दुरी भन्नाले २ सय ५० किलोमिटर भन्दा बढीका बाटोलाई व्याख्या गरेको छ । लामो दुरीका सवारीसाधन भन्नाले २ सय ५० किलोमिटरभन्दा बढी दुरीमा गुड्ने सवारीसाधनलाई बुझाउँछ ।

केही दिनका लागि यो नियम लागू भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम बढेको र यसले त्रास पनि निम्त्याएको भन्दै सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था यसअघिनै बन्द भईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय