प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई मुलुकको पछिल्लो अवस्थाबारे सबिस्तार जानकारी गराउनु भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको दुई घण्टा लामो भेटबार्तामा प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणको प्रयाशदेखि मुलुकको पछिल्लो अवस्थाबारे जानकारी गराउनु भएको हो ।
दोस्रो पटक मिर्गाैला प्रत्यारोपनपछि निवास फर्किएर आरामसँग दैनिक प्रशासनिक कामको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री ओलीको मृर्गाैला प्रत्यारोपणपछि आज पहिलो पटक राष्ट्रपति भण्डारीसँगको भेट गर्नुभएको हो । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारीसंग प्रधानमन्त्री ओलीको दुई घण्टा समय लिएर सबिस्तार जानकारी गराउनु भएको हो । भेटमा विश्व व्यापी महामारी बनेको कोभिन– १९ का विरुद्ध कसरी जुझ्ने भन्ने विषयमा समेत छलफल भएको थियो ।
राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीले पछिल्लो पटक सरकारले लिएका कादम र निर्णहरुका बारेमा समेत जानकारी गराउनु भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई शीघ्र श्वास्थ्यलाभको कामना गर्दै दोस्रो पटक मिर्गाैला प्रत्यारोपन सफल भएकोमा बधाई दिनुभएको छ ।

??????