अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१८ | Colorodo: 07:33

कोरोनाको उपचारमा सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाइने

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:१३ मा प्रकाशित

सरकारले कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने भएको छ ।

कोरोना भाइरस संक्रमित भेटिए उनीहरुको उपचारमा स्वास्थ्य मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरुलाई खटाउने निर्णय गरेको हो । मन्त्रालयले सात वटै प्रदेश सरकारलाई पत्र लेखी सरकारी छात्रवृत्तिमा अध्ययन गरी कार्यरत मेडिकल अधिकृतहरु, वरिष्ठ चिकित्सकहरु र एमडी र एमएस अध्ययन गरेका र गरिरहेकाहरुलाई आवश्यकता अनुसार परिचालन गर्न पनि अनुरोध गरेको छ ।

डाक्टरलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकता अनुसार परिचालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय