अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

कोरोना भाइरस विरुद्ध सरकार– सवै जिल्ला प्रशासन कार्यालयहरुलाई १९ बुँदे निर्देशन

बिआरटीनेपाल २०७६ चैत ९ गते ७:५८ मा प्रकाशित

कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा गृह मन्त्रालय कडाइका प्रस्तुत हुने भएको छ । कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा उच्चस्तरीय समन्वय समितिको वैठकले विभिन्न मितिमा गरेका निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्न मातहतलाई निर्देशन सहितको गृह मन्त्रालयले प्रेस विज्ञप्ती प्रकाशन गरेको छ ।

विश्व स्वास्थ्य संगठनको भनाई अनुसार छिमेकी मुलुकमा भएको संक्रमण र खुला सीमानाका कारण नेपाल पनि उच्च जोखिममा रहेकोले यसलाई नेपालमा भित्रिन नदिन सरकारी निर्णयहरुको कार्यान्वयनमा कडाई गरेको हो ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा १९ वटा बुँदामा निर्देशन सहित कोभिड– १९ को संक्रमणबाट बच्ने बचाउने कार्यमा सहयोग गर्न, कोभिड– १९ बाट प्रभावित वा शंकास्पद विरामी देखिएमा तुरुन्त खबर गर्नुहुन तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना, जम्माखोरी आदि देखिएमा तत्काल स्थानीय प्रशासन एवं प्रहरी इकाईमा सूचना दिन आम नागरिकहरुलाई अनुरोध गर्नुभएको छ ।

गृह मन्त्रालयका निर्देशनहरु–

१. सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई २०७६ चैत मसान्तसम्म बन्द गरिदिनु हुन ।

२.अत्यावश्यक काममा बाहेक आवतजावत एवं हिँडडुल नगर्नु नगराउनु हुन । सामाजिक, सांस्कृतिक र त्यस्तै कार्यहरुमा मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र पार्टी प्यालेस जस्ता सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला नगर्नु नगराउनु हुन ।

३.यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्नु नगराउनु हुन । आम नागरिकहरुले पनि भिडभाड नगरी यात्रा गर्नुहुन ।

४.यात्रुवाहक सार्वजनिक यातायातका सवारी धनीले सवारी साधन चलाउनु अघि सवारी साधनलाई डिस्ईन्फेक्शन गर्नु गराउनु हुन ।

५.बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालोबजारी एवं मिसावट गर्ने गराउनेलाई प्रचलित कानून बमोजिम तत्काल कडा कारबाही गरिने भएकोले त्यस्तो कार्य नगर्नु नगराउनु हुन एवं संलग्न समेत नहुनु हुन । दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्ताले आफूलाई आवश्यक पर्ने परिमाणमा मात्र सामग्रीहरु खरिद गर्ने र अनावश्यक संचय नगर्नु नगराउनु हुन ।

६.सरकारी, सामुदायिक, र निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु, निजी क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट संचालन हुने कार्यक्रमहरु, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट संचालित सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु २०७६ चैत मसान्तसम्म बन्द गर्नु गराउनु हुन ।

७.होटेल, मोटेल, रिसोर्ट, लज, रेष्टुरेन्ट, बार तथा सपिङ मलका संचालकहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामग्रीहरुको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्ने गराउने । साथै हात सफा गर्ने क्बलष्तष्शभच लगायतका सफाइका सामग्रीहरुको प्रबन्ध गरी कार्यस्थल, शौचालय आदि स्थान र टेबुल, कुर्सी, बार रेलिङमा नियमित रुपमा म्ष्कष्लाभअतष्यल गर्नु गराउनु हुन ।

८.सीमा नाकाबाट आवागमन गर्ने यात्रुहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य रुपमा स्वास्थ्य जाँचको व्यवस्था एवं सुरक्षा व्यवस्था कडा पारिएकोले अत्यावश्यक काममा बाहेक आवागमन नगर्नु नगराउनु हुन ।

९. कोभिड १९ बाट प्रभावित वा शंकास्पद व्यक्तिहरु देखिएमा वा विरामी भएको खबर प्राप्त भएमा तत्काल उद्दार गरी अस्पतालमा पुर्याउनकोे लागि माननीय गृहमन्त्रीज्यूको संयोजकत्वमा पेसेन्ट रिसिभङ टिम गठन गरी सो सम्बन्धी कार्यको शुरुवात समेत गरि सकिएको छ ।

१०. देशैभरका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक निकाय र संस्थाहरुबाट प्रदान गरिने आवश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु २०७६ साल चैत्र ९ गतेदेखि २१ गतेसम्म बन्द गरिएका छन्। तर निकायरसंस्थाहरु भने खुल्ला रहने भएकाले कर्मचारीहरुलाई विदा नभएको हुँदा उपस्थित हुनु हुन।

११. माथि उल्लेखित व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयन भएरनभएको विषयमा अनुगमन गरी उल्लंघन भएको पाइएमा कानून बमोजिम कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई मन्त्रालयबाट निर्देशन दिई सकिएकोले सोही बमोजिम गर्नु गराउनु हुन ।

१२.कोभिड– १९ को रोकथामको लागि मिति २०७६/१२/ ०६ गते माननीय गृहमन्त्रीज्यूको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसी पूर्व तयारीका कार्यलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न निर्णयहरु भएका छन् । साथै विभिन्न ऋगिकतभच हरुको बैठक बसी क्षेत्रगत रुपमा पूर्व तयारीका कार्यहरु पनि भैरहेका छन् ।

१३.सर्वसाधारण नागरिकहरुमा भ्रम सिर्जना गर्ने वा त्रास फैलाउने गरी सामाजिक सञ्जाल मार्फत भ्रामक र आधारहीन समाचारहरु सम्प्रेषण गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम पक्राउ गरी अनुसन्धान गर्ने कार्यहरु पनि भैरहेको छ ।

१४.सार्वजनिक यातायातलाई सहज बनाउने, अनावश्यक भिडभाड हुन नदिने, सिट क्षमता भन्दा बढी यात्रु बोक्न नदिने लगायतका कार्यमा ट्राफिक प्रहरीबाट पनि विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् ।

१५. समुदाय– प्रहरी साझेदारी कार्यक्रम मार्फत समुदायस्तरमा कोभिड-१९ बाट बच्नको लागि अपनाउनुपर्ने सतर्कताका विषयमा छलफल, सूचना आदान प्रदान एवं सूचना सम्प्रेषणका कार्यहरु पनि भइरहेका छन्।

१६.औषधी, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सम्बन्धी सामग्रीहरु विदेशतर्फ निकासी हुन नदिनको लागि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइ सकिएकोले निकासी हुन लागेका २०,००० थान मास्क नियन्त्रणमा लिई स्वदेशमा नै उपयोग हुने व्यवस्था मिलाइएको छ ।

१७.बजार अनुगमनलाई प्रभावकारी बनाई कालोबजारी, जम्माखोरी, मिसावट गर्ने एवं कृत्रिम अभाव सिर्जना गर्ने उपर निगरानी बढाई कडा कारबाही गर्न स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिईसकिएको छ । यसै क्रममा विभिन्न स्थानमा अनुगमन गरी २० लाख भन्दा बढी मास्क नियन्त्रणमा लिई सो को उपयोग गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी २३ जना नाफाखोरहरुलाई कालोबजारी तथा समाजिक अपराध ऐन अन्तर्गत कारबाही भइरहेको छ । त्यस्तै सवारी साधन नचलाई गाडीको अभाव सिर्जना गर्ने, बढी भाडा असुल गर्ने, टिकट काट्ने तर टिकट नदिने, यात्रुलाई अलपत्र पार्ने जस्ता कार्य गर्ने २८ जना विचौलियालाई कानून बमोजिम नियन्त्रणमा लिई कारबाही भइरहेको छ ।

१८. विदेशबाट नेपालमा आउने शंकास्पद नागरिकहरुलाई सुरक्षित तवरले क्वारेन्टाइनमा राख्ने प्रयोजनको लागि भक्तपुर जिल्लाको खरीपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको भवनलाई उपयोग गर्ने व्यवस्था मिलाइएको छ । साथै अन्य क्वारेन्टाइनस्थलको व्यवस्था गर्नेतर्फ पनि कार्यहरु भइरहेका छन् । त्यस्तै स्वयं क्वारेन्टाइनरहोम क्वारेन्टाइन प्रभावकारी भएको नदेखिएकोले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकहरु प्रवेश गर्दाकै बखत कुन जिल्लाको कुन स्थानीय तहमा क्वारेन्टाइनमा बस्ने हो? प्रवेश पूर्व नै सो को जानकारी लिई सीमा नाकामा कार्यरत स्थानीय सुरक्षा निकायहरुले सम्बन्धित जिल्लालाई तुरुन्त जानकारी दिने व्यवस्था मिलाइएको छ । तसर्थ नेपाल प्रवेश गर्ने सबै नागरिकहरु तोकिएको समयसम्म क्वारेन्टाइनमा बसी सहयोग गरिदिनु हुनेछ।

१९. कोभिड– १९ को रोकथामको लागि प्रभावकारी उपायहरु अपनाउनुको साथै तत्काल समस्याको सम्बोधन गर्न मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालिन संचालन केन्द्रमा सबै सुरक्षा निकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरु रहेको जोईन्ट अपरेशन सेन्टर को स्थापना गरी सकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय