अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

दिल्लीमा अलपत्र २८ नेपाली २४ घण्टापछि नेपाल फर्किए

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:१९ मा प्रकाशित

दिल्ली एयरपोर्टमा अलपत्र परेका २८ नेपालीहरु २४ घण्टापछि नेपाल फर्किएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरेपछि मात्र उनीहरू करीब २४ घन्टापछि शनिबार बिहान काठमाडौं आर्लेका छन् । युएईबाट एयर इण्डिया फ्लाइटमार्फत नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा केहि समय रोकेपछि उनीहरु अलपत्र परेका थिए । एयर इन्डियाको लापरबाहीको कारण अनाहकमा दिल्ली एयरपोर्टमा बिचल्ली भोग्नुपरेको उनीहरूको गुनासो थियो ।

कोरोना चेक गर्ने भन्दै समय लम्बिएपछि जहाज छुटेको र अहिले नेपाल जान ४० हजारदेखि ६० हजार भारतीय रुपैयाँ तिरेर टिकट काट्नुपर्ने पीडित नेपालीहरुले बताएका छन् । कोरोना टेस्ट भन्दै कहिले अध्यागमन त कहिले स्वास्थ्य परीक्षण गर्ने ठाउँमा घुमाइएको र अन्ततः जहाज छुटेको पीडित मध्येकी उक पुजा डंगोल ले बताउनुभएको छ ।

आफ्ना ट्रान्जिट यात्रुहरू दिल्ली ओर्लेका तीन घन्टा बितिसक्दा पनि एयर इन्डियाले कुनै चासो नदेखाएको पिडित नेपालीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय