अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 08:00

चिनियाँ धनाढ्य ज्याकले नेपालसहित एसियाली मुलुकलाई स्वास्थ्य सामग्री सहयोग गर्ने

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:१४ मा प्रकाशित

चिनियाँ धनाढ्य ज्याक माले नेपालसहित नौ एसियाली मुलुकलाई ‘कोरोनाभाइरस’सँग जुध्न आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन् । शनिबार ट्वीट गर्दै उनले १८ लाख मास्क, दुई लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक, केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन् । ज्याक माले यी सामग्री चाँडै पुर्याउन सहज नभएपनि यो काम सम्पन्न गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

सहयोग दिइने मुलुकहरुमा नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका छन् । तर, उनले ट्वीटमा कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा दिइने भन्नेबारे केही खुलाएका छैनन् । यसअघि, कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुर्याउन ज्याक माले अमेरिका लगायतलाई पनि सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू