अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

कोरोना भाइरस संक्रमण भए चीनले तत्काल सहयोग गर्ने

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:१४ मा प्रकाशित

नेपाललाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षति राख्न विभिन्न छिमेकी मित्रराष्ट्रहरुले सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । नेपालको उत्तरी छिमेकी देश चीनले कोरोना भाइरससँग लड्न पूर्वतयारीका लागि आवश्यक सहयोगको माग भएमा तत्काल सहयोग गर्ने जनाएपछि नेपाल सरकारले चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ ।

चीन सरकारको आग्रह अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लिन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दक्षिणी छिमेकी भारतले महामारीका रुपमा द्रुत गतिमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशंकरबीच शुक्रबार टेलिफोन वार्ता भएकोे परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा भारतले कोरोना विरूद्ध लड्न र्यापिड रेस्पोन्स टिम सहितको सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

जर्मनी सरकारले नेपाललाइ कोरोना भाइरस अर्थात् कोभिड–१९ विरूद्धको तयारीका लागि १३ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय