अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

नेपाल– भारत सीमामा कोरोनाको त्रास, निर्वाधरुपमा आवतजावत जारी

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:०२ मा प्रकाशित

पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमित भेटिएपछि नेपालतर्फ त्रास बढेको छ । जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका छन् जहाँबाट दैनिक हजारौँ मानिस निष्फिक्री ओहोरदोहोर गरिरहेका छन् ।

कञ्चरपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नाका जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन् । २५ जनाभन्दा बढि भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापन ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरुको चेकजाँच भइरहेको छ ।

स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरुको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिएको छ । कतिपय नाकामा त ज्वरो नाप्ने थर्मो्िमटर र स्वास्थ्यकर्मी समेत पर्याप्त छैनन् ।

दिल्लीसँगै सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाकाबाट दैनिक पाँच हजार व्यक्ति भित्रिँदै छन् । गड्डाचौकी नाकाबाट फर्किनेहरु मजदुरीका लागि भारतमा रहेका नेपालीदेखि भारतीयसम्म छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू