अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३
| Colorodo: 21:38
सरकारले मुलुक बाहिर रहेका नेपालीहरुलाई कुनै समस्या आइपरे सम्बन्धित देशको कूटनीतिक नियोगमा सम्पर्क गर्न आग्रह गरेको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ , ‘कोरोना भाइरसका महामारीका कारण तपाइहरुलाई मुलुक फर्किन केही असुविधा भएको मेरो जानकारीमा छ। यस घडिमा नआत्ति र चिन्तित नहुन आग्रह गर्दछु। समस्या पर्दा सम्बन्धित कूटनीतिक नियोगहरुमा सम्पर्क राख्न अनुरोध गर्दछु। हाम्रो नियोगहरुले समस्यामा सक्दो सहयोग गर्नेछन्।’
