अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 11:56

नेपाल– भारत हवाइसेवा बन्द, नियमित उडान स्थगित

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:३९ मा प्रकाशित

नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु स्थगित गरेको छ । हवाइसेवा स्थगित भएसँगै नेपाल र भारतबीचको हवाइसेवा टुटेको छ ।

निमगले चैत्र ९ देखि आइतबारदेखि लागु हुने गरी उडान स्थगित गरेको हो । भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनबाट कोभिड नाइन्टिन संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान बन्द गरिएको निगमले जनाएको छ ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ । निगमले चैत १६ गतेसम्मका लागि उडान स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय