अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

राष्ट्रियसभा बैठक अनिश्चित समयका लागि स्थगित

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:२६ मा प्रकाशित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बिहीबार सभाको बैठक बसेको भएपनि राष्ट्रिय सभाका अध्यक्षले शुक्रबारबाट अनिश्चत समयका लागि बैठक स्थगित गर्नुभएको छ । बुधबार मात्र सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले जानकारी दिनुभयो । राष्ट्रिय सभाको बैठक स्थगनसँगै संघीय संसदका दुबै सदनको बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय