अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 07:06

फेसबुकले कोरोना भाईरस (कोभिड–१९) बारे प्रयोगकर्तालाई जानकारी दिने

बिआरटीनेपाल २०७६ चैत ६ गते ९:३४ मा प्रकाशित

सामाजिक संजाल फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसवारे जानकारी उपलब्ध गराउने भएको छ । उसले प्रयोगकर्ताको फेसवुक पेजमा रहेको “युजर्स फिड” सेक्सनमा उक्त भाइरस सित सम्बन्धित आधिकारिक श्रोतमार्फत उपलब्ध विश्वसनीय जानकारी उपलब्ध गराउने भएको हो ।

फेसवुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधवार पत्रकारहरुलाई दिएको जानकारी अनुसार यस्तो जानकारी २४ घण्टाभित्र उपलब्ध हुने छ । ती जानकारीहरु कोरोनावारे फैलिईरहेका गलत भ्रम चिर्न र आवश्यक सचेतना अपनाउन सहयोगी हुने विश्वास लिईएको छ ।

भाईरसका वारेमा विश्व स्वास्थ्य संगठन, बिज्ञ, र अन्य सरोकारवाले दिएका जानकारी, रोकथाम तथा उपचारका प्रक्रिया लगायतका सामाग्री युजर्स फिडमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू