अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

मन्त्री अर्याल र नेपालका लागि भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ चैत ६ गते ९:२५ मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीच कूटनीतिकसँगै अन्य बहुआयामिक सम्बन्ध पनि विशेष रहेको बताउँदै दुई देशबीच लामो समयदेखि थाँती रहेका केही विषयहरु आपसमा छलफल गरेर समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीसमेत राम्रोसँग पुरा हुने उहाँको अपेक्षा थियो ।

यसै अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रशंसा गर्दै मन्त्रालयस्तरीय केही काममा दूतावासले सहकार्य गर्नसक्ने पनि बताउनुभएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय