अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८
| Colorodo: 22:43
त्रिभुवन विश्वविद्यालयले भोलि देखिका सबै परीक्षा र पठनपाठन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । विश्वविद्यालयको कार्यकारी कार्यकारी परिषद् बैठकले भोलिदेखिका सबै परिक्षा र नियमित कक्षा स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारी परिषद्का प्रवक्ता सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले आज विज्ञप्ति जारी गर्दै अर्को सूचना नभएसम्मका लागि विश्वविद्यालयले तय गरेका परीक्षा र पठन पाठनका कार्यक्रम स्थगित भएको जानकारी गराएका छन् ।
