अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

पशुपतिनाथको दर्शन २५/२५ जनाको दरले गर्नुपर्ने निर्देशन

बिआरटीनेपाल २०७६ चैत ६ गते ९:१९ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीलाई धार्मिक गतिविधि सञ्चालनमा पुनर्विचार गर्न अपिल गर्नुभएको छ । कोरोना भाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीलाई संयमता अपनाउन र कार्यक्रममाथि पुनर्विचार गर्न मन्त्री भट्टराईले अग्रह गर्नुभएको हो ।

सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेला, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उहाँको भनाई छ । मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५, २५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दूरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले देश बहु धार्मिक बहु भाषिक मुलुक भएकाले सबै धर्मावलम्बीले संयमता अपनाई आफ्ना कार्यक्रममाथि पुनर्विचार गर्न आग्रह गर्नुभएको हो ।

;

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय