अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३
| Colorodo: 03:58
सप्तरी, सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा अवैध रूपमा पेट्रोल प्रति लिटर रु १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको एक टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षीय अलि हसन, ३७ वर्षीय अरुण चौधरी र ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर र चौधरीको साथबाट १७ लिटर अवैध रूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
