अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 00:18

बेलायतमा कोरोनाको क्षति भयावह हुने अनुमान, २ लाख ५० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:२२ मा प्रकाशित

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण बेलायतमा मात्र २ लाख ५० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले बेलैमा सतर्कता नअपनाउने हो भने मुलुकले यो क्षति ब्यहोर्नपर्ने छ । इम्पेरियल कलेज लण्डनका विज्ञहरुले योसम्बन्धि प्रतिवेदन बुझाइसकेका छन् । उनीहरुले अवस्था नियन्त्रण बाहिर जान नदिन इटालीबाट पाठ सिक्न पनि भनेका छन् ।

प्रकोप नियन्त्रणका लागि अघि सारिएका योजनाहरुले काम नगर्दा विज्ञहरुको चेतावनीप्रति सरकारी अधिकारीहरु सतर्क बनेका छन् । प्रकोपबाट हुने क्षति न्यून गर्नकै लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ । दशौं लाख मानिसहरु घरबाटै काम गर्न थालेका छन् । सार्वजनिक स्थलहरुमा मानिसहरुलाई भेला हुन बन्देज लगाइएको छ ।

उसै पनि अवस्थामा सुधार नआए ब्रिटेन १८ महिनासम्मका लागि लक डाउन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी प्रधानमन्त्री बोरिस जोन्सनले दिनुभएको छ । उहाँले मुलुक महामारीविरुद्ध युद्धमा संलग्न भैसकेको र यसविरुद्ध जीत पाएरै छाड्ने दृढता भने ब्यक्त गर्नुभएको छ ।

प्राध्यापक नील फर्गुसनले खराब अवस्थामा २ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका हुन् । इम्पेरियल कलेजको अनुसन्धानकर्ताको समूहले इटालीमा कसरी यो प्रकोप अनियन्त्रित भयो र त्यही गतिमा बेलायतमा फैलिए कस्तोसम्म हुनसक्छ भन्ने बताएको डेली मेलले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू