अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

देशका ११ वटै विश्वविद्यालयका चैतमा हुने सबै परीक्षा स्थगित

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:१० मा प्रकाशित

सरकारले एसईईसँगै चैतमा हुने विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गरेको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको थियो । बैठकपछि सरकारले एसईईसँगै चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले आज साँझ एक बिज्ञप्ति प्रकाशित गरी निर्णय सार्वजनिक गरेको हो ।

नेकपाको सचिवालयले एसईई परीक्षा स्थगित गर्न पनि सरकारलाई सुझाव दिएको थियो । बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्वविद्यालय सहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय