अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५
| Colorodo: 01:10
सरकारले अत्यावश्यक काममा बाहेक हिँडडुल नगर्न आग्रह गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण समितिले बुधबार उक्त आग्रह गरेको हो।
कोरोना भाइरसबारे उच्च सतर्कता अपनाउन भन्दै सरकारले अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न भनेको हो। ‘अत्यावश्यक काममा बाहेक हिँडडुल नगर्ने,’ समितिले भनेको छ।
यस्तै बैठकले मन्दिर, गुम्बा, चर्चलगायत धार्मिक स्थानमा २५ जनाभन्दा बढी उपस्थित नहुन पनि आग्रह गरेको छ।
