अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 00:13

इटालीको कारागारमा दंगा, ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत ४ गते ९:१४ मा प्रकाशित

कोरोना संक्रमण रोक्न इटली सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई उनीहरुका आफन्तजनसंग भेट गर्न रोक लगाएपछि भडकिएको दंगामा ९ जनाको मृत्यु भएको छ । इटलीको मोडेना, नेपल्स, पोगिओरेले, फोगिया र रिएती गरी २० वटा कारागारमा दंगा हुँदा ९ जना कैदीहरुको ज्यान गएको हो ।

सरकारले कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगाउन वेवास्ता गरेको र परिवारजनसँग पनि भेट गर्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गर्नुका साथै केही कर्मचारीलाई बन्दी बनाएका छन् ।

कैदीहरुले कारागारमा रहेका फर्निचरहरु जलाउनु साथै क्यान्टिनमा पनि आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू