अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

सरकारले कोरोना भाइरसको परीक्षण नगरी जनतालाई धोका दियोः डा दीक्षित

बिआरटीनेपाल २०७६ चैत ४ गते ९:०८ मा प्रकाशित

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकजनामा पनि नदेखिएको बताइरहेका बेला भने शंकास्पद व्यक्तिमाथि कुनै पनि परीक्षण नभएको आरोप लगाउनुभएको छ । कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै डा. दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाउनुभएको हो ।

एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरिदिएको उहाको भनाई थियो । उहाँले आफ्नो अस्पतालमा अझैपनि ३ जना शंकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परिक्षण नगरिदिएको आरोप समेत लगाउनुभयो ।

साक्षात्कारमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले भने कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताउनुभयो । कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन पोखरेलले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय