अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

प्रदेश २ मा नामाकरणको संकट, ’क्रस भोटिङ’ भएपछि नेकपा र कांग्रेसले लगाए सांसदलाई ह्विप

बिआरटीनेपाल २०७६ चैत ४ गते ८:४३ मा प्रकाशित

प्रदेश २ को नामकरण लागि जारी मतदानमा ’क्रस भोटिङ’ भएपछि प्रतिपक्ष नेकपा र कांग्रेसले आफ्ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेका छन् । दुवै दलले सत्तारुढ दलको तर्फबाट हुने प्रस्तावको विपक्षमा मत हाल्न आफ्ना सांसदलाई ह्विप जारी गरेका हुन् ।
प्रदेश २ को नामकरणका लागि नेकपा, कांग्रेस र बारा–पर्साका सांसदले राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। नेकपाले प्रदेशको नाम ’जानकी’, कांग्रेसले ’मिथिला–भोजपुरा’ र बारा–पर्साका सांसदले ’मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए।

प्रस्ताव अस्वीकृत भएपछि सत्तारुढ दल राजपाले राखेको ’मधेस प्रदेश’ माथि भउको मतदानले पनि प्रस्ताव अस्विकृत गरेको छ । सत्तापक्षको तर्फबाट राजपाले प्रदेशको नाम ’मधेस’ प्रस्ताव गरेको छ। प्रदेशको नामकरणका लागि दुई तिहाइको मत आवश्यक पर्छ। दुई तिहाइका लागि सत्ता पक्षलाई आफ्ना ५५ सहित थप १७ जना सांसद आवश्यक पर्छ। प्रदेशमा नेकपा ३२, कांग्रेस १९ र नेपाल संघीय समाजवादी पार्टीको एक सांसद छन्। यस्तो अवस्थामा सत्ता पक्षले आफूले राखेको प्रस्तावलाई दुई तिहाइ पुर्याउन प्रतिपक्षी सांसदहरुको मत आवश्यक छ ।

प्रदेश २ मा समाजवादी र राजपाको संयुक्त सरकार छ । समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ सांसद छन्। मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय