अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

एसईई परीक्षा नरोकिने, अन्य कार्यक्रम नगर्न सरकारको आग्रह

बिआरटीनेपाल २०७६ चैत ४ गते ८:३८ मा प्रकाशित

सरकारले पर्सिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताउनुभएको छ । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । त्यसका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।

पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताउनुभयो । विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको उहाँले जानकारी गराउनुभयो । मन्त्रालयले विद्यार्थीरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ ।

साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भने भोली सकिनेछ । शिक्षा मन्त्रालयले मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय