अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

१२ जिल्लामा सीडिओ परिवर्तन, अध्यागमन र कारागार विभागका प्रमुख पनि फेरियो

बिआरटीनेपाल २०७६ चैत २ गते ९:१३ मा प्रकाशित

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे र उदयपुरमा दीपककुमार पहाडी लाई पठाईएको छ ।

पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ। कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्मा पुग्नुभएको छ ।

अध्यागन विभाग र कारागार व्यवस्थापन विभागका प्रमुख पनि परिवर्तन भएका छन्। गृहले कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेल र अध्यागमनमा रमेशकुमार केसीलाई पठाएको छ। यसअघि कँडेल धनुषा र केसी कास्कीको सीडिओ हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय