अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

प्रधानमन्त्री ओलीको ‘स्टेन्ट’ निकालियो

बिआरटीनेपाल २०७६ चैत २ गते ८:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा राखिएको ‘स्टेन्ट’ पाइप निकालिएको छ । उहाँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट पाइप आइतबार निकालिएको हो ।

मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न चिकित्सक प्राडा.उत्तम कुमार शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीको यही फागुन २१ गते दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली १० दिनको अस्पताल बसाईपछि गत शुक्रवार डिस्चार्ज हुनुभएको थियो । बालुवाटार निवासमा चिकित्सकको नियमित निगरानीमा रहनुभएका उहाँले डिस्चार्ज भएको दोस्रो दिनदेखि राजनीतिक भेटघाटलाई तीब्रता दिंदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय