अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 22:20

‘कालोबजारी रोक्न उपभोक्ता नै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्छ’–मन्त्री भट्ट

बिआरटीनेपाल २०७६ चैत २ गते ८:४१ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभोक्ता आफै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने बताउनु भएको छ । विपदको समयमा बजारमा हुने कलोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्त आफै अनुगमनकर्ता बनेर सूचना दिने परिपाटीको विकास गर्नुपर्ने उहाँले बताउनुभएको हो ।

विश्व उपभोक्ता दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले उपभोक्ताले दिएको सूचनाको आधारमा विभागले ऐन नियम अनुसार कारवाही नगरे आफूलाई भन्न पनि आग्रह गर्नुभयो । आफ्नो अधिकारको संरक्षण गर्न जिम्मेवारीबोध गर्दै अधिकारको प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बजार अनुगमन, बजार निरीक्षण र उपभोक्ता हकहित संरक्षण गर्ने कुरा सरकारले मात्रै गर्न नसक्ने बताउनुभयो । राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्त हितका लागि निर्माण भएका सरकारी संरचना खारेज गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय