अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३
| Colorodo: 17:38
भारतमा पनि कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या बढ्दै जाँदा नेपाल–भारत सीमानाका इलामको पशुपतिनगर शनिबारदेखि बन्द गरिएको छ। भारतले आफ्नो देशमा प्रवेश गर्नेहरुका लागि कढाई गर्दै उक्त नाका शनिबारदेखि बन्द गरेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार सीमा आसपासका बासिन्दा सामान्य आवात–जावत बाहेक सबै आवागमन बन्द गरिएको छ। शनिबारदेखि नेपालबाट भारत र भारतबाट नेपाल प्रवेशका लागि कुनै पनि सवारी साधनलाई अनुमति दिइएको छैन।
कोरोना भाइरसको संक्रमणका कारण भारतले नेपालसँगका बनबासा, सुनौली, काँकडभिट्टा र रक्सौल नाकाबाट मात्र नेपालीलाई आवतजावत गर्न दिने भएको छ।
