अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

“कोरोना’बाट बच्न आवश्यक उपायहरू अवलम्बन गरौं” – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७६ चैत १ गते ८:२७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गर्नुभएको छ । शनिबार ट्वीटमार्फत् उहाँले विश्वव्यापी महामारीको रूपमा फैलिएको ‘कोभिड–१९’ को संक्रमणबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले सो रोगविरुद्धको विश्वव्यापी अभियानमा सबैलाई एकजुट हुन आह्वानसमेत गर्नुभएको छ । ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ! यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं !’–राष्ट्रपतिको ट्वीटमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय