अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९
| Colorodo: 20:54
वरिष्ठ साहित्यकार प्रा. डा. डिपी भण्डारीको शनिबार निधन भएको छ । भण्डारीको शनिबार विहान साढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उहाँलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो। भण्डारी श्वासप्रश्वाससम्बन्धी समस्याले पीडित हुनुहुन्थ्यो ।
अंग्रेजी साहित्यका प्राध्यापक तथा निबन्ध लेखकका रुपमा ख्याति कमाउनुभएका ८५ वर्षीय भण्डारीले त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागमा लामो समयमा प्राध्यापन गर्नुभएको थियो । उहाँको शनिबार नै दाहसंस्कार गरिएको छ ।
