अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१
| Colorodo: 08:56
कोरोना भाइरसको प्रकोप बढ्दै गएको भन्दै अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गर्नुभएको हो ।
कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्याउन राष्ट्रिय आपतकाल घोषणा गरेको ट्रम्पले बताउनुभएको छ । ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताउनुभएको हो ।
यसबाट संक्रमणको परीक्षणले गति दिन सक्नेछ विश्वास लिइएको छ । अमेरिकामा कोभिड नाइन्टिनका कारण ४० जनाको मृत्यु भएको छ भने १७ सय १ जना संक्रमित छन् ।