अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९
| Colorodo: 00:24
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संसद् र सडकमा प्रतिपक्षले भूमिका खेल्नुपर्नेमा पार्टीले त्यो भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।
सेक्युरिटी प्रिन्टिङ प्रेसका कुराका सरकार मौन हुनु स्वाभाविक रहेपनि संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्नेमा त्यसो हुन नसकेको कोईरालाको भनाई छ । केन्द्रीय समितिको बैठक नबस्दा आफूहरुले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र काँग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताउनुभयो ।
